बिहानैदेखि मौसम बदली, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा बिहानैदेखि मौसम बदली देखिएको छ । जल तथा मौसम विज्ञान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायू र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

जसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशहरूमा आंशिक बादल लागिरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ । 

आज दिउँसो पनि कोशी प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराईका भू–भागमा आंशिक बादल लाग्नेछ । 

कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । 

यसैगरी मंगलबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । 

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानका साथै हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update