काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकारको कार्यशैली र चरित्रमाथि कडा प्रहार गर्दै यो सरकार "कम्युनिस्टु नभई पपुलिष्टु र जनविरोधी" भएको आरोप लगाएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हालै दिएको 'हामी कम्युनिस्ट होइनौ' भन्ने अभिव्यक्तिप्रति लक्षित गर्दै नेता बस्नेतले सरकारको असली चरित्र अब प्रस्ट भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उहाँले सरकारले पहिलो दिनदेखि नै संविधान, कानुन र न्यायालयमाथि हस्तक्षेप गरिरहेको दाबी गरेका छन्।
सरकारको कार्यशैलीमाथि प्रश्न
नेता बस्नेतले संसद्मा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई गैरजिम्मेवार भन्दै यसले सरकारको सोच र संस्कारलाई उदाङ्गो बनाएको उल्लेख गरेका छन । 'जनताको पीडा नदेख्ने, विकासभन्दा विस्थापनमा रमाउने र अधिकारको आवाज उठ्ने बित्तिकै दमनमा उत्रिने शक्ति कुनै कम्युनिस्ट शक्ति हुन सक्दैन,' उनले भनेका छन्।






