आज मिति २०८३ जेठ ३ गते आइतबार, तदअनुसार १७ मे, २०२६ । ज्येष्ठ अधिक शुक्लपक्ष प्रतिपदा तिथि। आजको राशिफल
मेष राशी : तपाईंलाई आजको दिन प्रेममा सफलता प्राप्त होला, मनले इच्छाएका कुराहरू पूरा हुनाले मनमा एक प्रकारको उमंगको संचार होला, आजको दिन सुख सन्तोषका साथ बित्ला।
वृष राशी : शत्रुको पक्ष बलवान् हुनाको कारण बन्नै खोजेको काम बिग्रीनाले मनमा असन्तोष पैदा होला, मावली पक्षको स्वास्थ्यमा खराबी आउनाले दुखित हुनुपर्ला।
मिथुन राशी : आजको दिन तपाईंलाई पत्नीको सहयोग प्राप्त हुने समय रहेकोछ। धन, प्राप्ति तथा सामाजिक प्रतिष्ठामा वृद्धि होला, तपाईंको धैर्यता र गम्भिरताले आजको दिन सफल रहला।
कर्कट राशी : आजको दिन अप्रिय समाचार आउनाले तनाव उत्पन्न होला, पृयजनबाटै धोका पाईएला, विभिन्न किसिमका मानिसहरूसँग भेट होला ।
सिंह राशी : आजको दिन अरुले तपाईंलाई विवादमा पार्न खोजे पनि आफै कमजोर होलान्, बिदेश यात्राका अवसरहरु पनि आउलान, धन खर्च हुने योग छ समयमै बिचार गर्नुहोला ।
कन्या राशी : तपाईंको आजको दिन अधुरा तथा पुराना कामबाट प्रगति होला। आजको दिन नया काम कारोबार शुरु गर्दा पनि राम्रो होला, आज दिनभर मन हर्षित रहला।
तुला राशी : आजको दिन तपाईंलाई आर्थिक तथा सामाजिक सेवाको अवसर मिल्ला सामाजिक पद प्रतिष्ठा प्राप्त होला, मनमा शान्ति तथा उत्साह प्राप्त होला।
वृश्चिक राशी : आजको दिन धैर्य तथा साहसले काम लिनुहोला, बिपरित लिङ्गी प्रतिको आकर्षणले विवादमा परिएला, आजको दिन बोल्दा सावधानी अपनाउनुहोला।
धनु राशी : आजको दिन विभिन्न प्रकारका अवसरहरु आउलान, रत्न तथा रत्नादिको लाभ होला, संतान पक्षबाट सुख सन्तोष प्राप्त होला, दिउँसो तिर भने थोरै तनाव हुनसक्छ।
मकर राशी : तपाईंको बोली बिक्ने समय आएको छ । अरुको दु:खमा तपाईंको साथ रहनेछ , हृदय पबित्र हुनुका साथै आर्थिक तथा सामाजिक प्रतिष्ठा पनि प्राप्त होला।
कुम्भ राशी : भाग्यले साथ दिने समय आएको छ , शत्रुहरु पनि हजुरका गोठाला होलान् , नयाँ बस्तु तथा बस्त्र प्राप्त होला ,शुभ समाचार आउनाले मन प्रसन्न होला।
मीन राशी : आजको दिन स-साना अवरोध आउन सक्छ, कु संगतमा फसिएला सावधान रहनुहोला, पशुचौपाया वा हात हतियार बाट चोटपटक लाग्नसक्छ, आजको दिन हनुमानजीको आराधना गर्दा राम्रो होला।






