काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा चक्कु प्रहार गरी एक जनाको हत्या भएको छ ।
मृत्यु हुनेमा २५ वर्षीय जाकिर मन्सुरी रहेका छन् । उनलाई घरायसी विवादमा महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएकोमा उपचारको क्रममा शनिबार राति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
शवलाई जाँच मुचुल्कापछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ ०७:३०
प्रतिक्रिया दिनुहोस्






