भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं। २ मा एक दिने नि:शुल्क दन्त स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ।
सूर्यविनायक नगरपालिका वडा नं। २ कार्यालयको आयोजना तथा बालकोट स्वास्थ्य केन्द्रको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरलाई समाज डेन्टल अस्पताल, कौशलटार शाखाले प्राविधिक सहयोग पुर्याएको थियो ।
बालकोटको आकास स्वीट्स अगाडि सञ्चालन भएको उक्त शिविरमा वडाबासी तथा आसपासका क्षेत्रका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। शिविरमा जम्मा ३१५ जना सर्वसाधारणले आफ्नो दाँतको निस्शुल्क परीक्षण तथा उपचार सेवा लिएका छन्।
शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा दाँत निकाल्ने, भर्ने, दाँतको एक्स–रे गर्ने तथा स्केलिङ लगायतका विशेष सेवाहरू प्रदान गरिएको थियो। साथै, बिरामीहरूलाई आवश्यकता अनुसार निस्शुल्क औषधि तथा दन्त स्वास्थ्य सम्बन्धी सामग्री समेत वितरण गरिएको थियो वडा अध्यक्ष प्रदिप कार्किले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि तथा आयोजक समूहहरूले आफ्ना वडाबासीहरूका लागि घरदैलोमै गुणस्तरीय दन्त सेवा उपलब्ध गराई अनुकरणीय कार्य गरेको भन्दै प्राविधिक सहयोग पुर्याउने समाज डेन्टल अस्पताल, कौशलटार परिवार र सहयोगी सम्पूर्ण संस्थाहरूलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका छन्।






