काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज साँझ आयोजित एक समारोहमा राष्ट्रपति पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।
प्रधानन्यायाधीश शर्माको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च तहका सरकारी अधिकारीहरूको उपस्थिति थियो ।
नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज नै शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए । सिंहदरबारमा आजै बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश डा शर्मालाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।






