हेर्नुहोस् तपाईको आजको राशिफल

आज मिति २०८३ जेठ ६ गते बुधबार, तदनुसार २० मे, २०२६ । ज्येष्ठ अधिक शुक्लपक्ष चतुर्थी तिथि ।

मेष – मुद्दा मामिलामा सफलता प्राप्त होला, शत्रुहरु सेलाउदै जालान, स्वास्थ स्थिति सबल हुनेछ, संचित धनमा पनि वृद्धि होला। आजको दिन तपाइको मनोबल पनि वृद्धि होला ।

वृष– स्वास्थमा सुधार होला, धर्ममा रुची बढ्नेछ, आर्थिक दृष्टिले पनि आजको दिन राम्रो देखिन्छ।  साझेदारी व्यवसायमा लाभ हुने योग होला, प्रेम बढ्ने तथा पत्नीबाट सुख प्राप्त होला ।

मिथुन – स्वास्थ्यमा सुधार होला, पशुपालन तथा पेसा व्यवसायमा प्रगति र लाभ हुने देखिन्छ। पठनपाठन तथा बौद्धिक कार्यमा प्रगति होला । कुनै राम्रो कार्यमा धन खर्च हुने योग छ । 

कर्कट– आजको दिन नोकरी तथा जागिरबाट तनाव हुन सक्छ । अनावश्यक धन खर्च हुनाले अशान्ति पैदा होला । तर मध्यान्हपछि अध्ययन अध्यापनमा रुची बढ्नेछ । कुनै पनि नयाँ स्थानको भ्रमण पनि हुनसक्ने देखिन्छ । 

सिंह– आजको दिन हरेक कार्यमा सावधानी अपनाउनुहोला । सन्तानको साथ र सहयोगले आजको दिन मन प्रसन्न रहला । धन मान तथा प्रतिष्ठामा वृद्धि हुने योग देखिन्छ।

कन्या– आजको दिन लाभ हुने योग छ । अपूर्ण मनोकामनाहरु पूर्ण हुनेछन । धार्मिक तथा सामाजिक कार्यमा मन लाग्ने देखिन्छ । पवित्र तीर्थस्थलको यात्रा गरे मन प्रशन्न होला ।

तुला– दुष्ट व्यक्तिको संगतले अपमानित हुनुपर्ने हुनसक्छ । सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ । परिवार तथा सन्तानको स्वास्थ्य समस्याको कारण धन खर्च हुने सम्भावना छ ।

वृश्चिक– नयाँ कामकाजको सुरुवात हुँदा मन प्रफुल्ल होला। सम्पतिमा वृद्धि हुनुको साथै मांगलिक कार्यहरु सम्पन्न हुने योग देखिन्छ। आजको दिन व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग देखिन्छ। 

धनु– आजको दिन धन प्राप्तिको योग छ। बोली र व्यक्तित्वका कारण सबैको प्यारो बनिएला, वैदेशिक यात्राका अवसरहरु आउने छन्, जोश र जागर बढ्नाले कामहरु सम्पन्न हुने योग देखिन्छ।

मकर– तपाइको हिम्मत र पराक्रमको चर्चा चारैतिर हुनेछ । धार्मिक कार्यमा मन जानेछ भने धन प्राप्तिको पनि योग रहेको छ । दिउँसोदेखि भने अचानक स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले सजग रहनु राम्रो होला। 

कुम्भ– कुनैपनि नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला । पैतृक सम्पतिको वृद्धि तथा प्राप्ति गराउने योग छ । आजको दिन आमाको साथ र सहयोग पनि मिल्ने योग छ।

मीन – आजको दिन पढाईलेखाईतिर मन जानेछ । कुनै रचनात्मक क्रियाकलाप होला । तपाइको व्यक्तित्वमा निखारता आउने र धनमान तथा यश वृद्धि हुने योग छ । 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update