तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

 

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ ।

 मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।

 यस्तै, चाँदीको मूल्य तोलामा रु एक सय २५ ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला रु पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु चार हजार ९६० निर्धारण गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update