भक्तपुरमा कृषि तालिम सञ्चालन हुँदै, नाम दर्ताका लागि आह्वान

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. १ले चालु आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेटबाट स्थानीय कृषकहरूका लागि विशेष कृषि तालिम सञ्चालन गर्ने भएको छ।

वडा कार्यालयले सूचना जारी गर्दै वडाभित्र स्थायी बसोबास गरी कृषि पेसामा आबद्ध इच्छुक कृषकहरूलाई तालिममा सहभागी हुन आह्वान गरेको हो।

स्थानीय कृषकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै उत्पादनमुखी कृषि प्रणाली विकास गर्ने उद्देश्यका साथ जागृती कृषि समन्वय समितिको समन्वयमा तालिम आयोजना गर्न लागिएको वडा अध्यक्ष सानु काजी कायस्थ जानकारी दिए ।

तालिम यही जेठ १०, ११ र १२ गते बिहान १०:३० देखि अपराह्न ४:०० बजेसम्म बिरुवा सामुदायिक भवन, बिरुवामा हुने जानकारी हुनेछ । 

२५ जना मात्र संख्या भएकाले तालिममा सहभागी हुन इच्छुक कृषकहरूले जेठ ५ गतेदेखि जेठ ८ गतेभित्र वडा कार्यालय वा तोकिएका सम्पर्क व्यक्तिसँग भेटेर नाम दर्ता गराउनुपर्ने जनाइएको छ।

वडा अध्यक्ष कायस्थले सीमित सिट भएकाले समयमै नाम दर्ता गराउन कृषकहरूलाई आग्रह गरेका छने । उनले यस कार्यक्रमले कृषि क्षेत्रको विकास तथा स्थानीय किसानको आर्थिक जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

वडा कार्यालयले स्थानीय कृषकहरूलाई तालिममार्फत आधुनिक कृषि प्रविधि र व्यवस्थापन ज्ञान प्रदान गरी उत्पादन वृद्धि र आत्मनिर्भरता प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update