आज मिति २०८३ जेठ ७ गते बिहीबार, तदनुसार २१ मे २०२६ । ज्येष्ठ अधिक शुक्लपक्ष पञ्चमी तिथि हेर्नुस् आजको राशिफल ।
मेष– भाग्यभन्दा कर्ममा विश्वास गर्दा फाइदा हुनेछ। मुख वा घाँटीमा समस्या आउन सक्छ। महामृत्युञ्जय मन्त्रको जप वा शिवजीको उपासना अनिवार्य गर्नुहोला।यात्राको योजना विफल हुन सक्छ। अनावश्यक ठाउँमा धन खर्च होला। तनाव बढेको महसुस हुनेछ। साँझमा समाजसेवा, परोपकार र धर्मप्रति आस्था बढ्नेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुने छन्। परिवारसँग रमाइलो भेटघाट हुनेछ।
वृष– कार्यक्षेत्रमा केही शिथिलता महसुस हुनेछ। दीर्घ रोगबाट मुक्ति मिल्नेछ, स्वास्थ्य उत्तम रहनेछ। केटाकेटीलाई सेतो मिठाइ वा शैक्षिक सामग्री दान गर्नुहोला।पुरानो समस्या सुल्झाउन सकिनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
मिथुन– कर्मचारी वर्गमा स्थानान्तरण वा विवादको सम्भावना छ। मानसिक तनाव र डरका कारण निद्रामा असर पर्न सक्छ। पिपलको बोटमा जल चढाउनु वा विष्णु भगवानको दर्शन गर्नुहोला।सेवामूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।
कर्कट – रमणीय र सुखद यात्राको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। कतैबाट शुभ समाचार सुन्नमा आउनेछ, साँझमा भने नजिकका व्यक्तिहरू सँग झगडा पर्न सक्नेछ। कार्यक्षेत्रमा कामको चाप बढ्नेछ र मानसिक तनाव हुन सक्छ। आँखा वा दाँतमा समस्या देखिन सक्छ। पहेँलो वस्तुको प्रयोग वा दान गर्नु शुभ हुनेछ।
सिंह– भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। शैक्षिक क्षेत्र कमजोर रहनेछ। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वादले काम बन्न सक्छ। प्रतिष्ठा जोगाउन कडा परिश्रम गर्नुपर्नेछ। थकान र कमजोरी महसुस हुन सक्छ। नजिकको मन्दिरमा दियो बाल्नु वा दानपुण्य गर्नु शान्तिदायक हुनेछ।
कन्या – कीर्तिमानी काम गर्ने समय छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ। बौद्धिक कार्यमा संलग्नहरूलाई केही थकान महसुस हुनेछ। कार्यमा व्यस्त रहँदा स्वास्थ्यमा हेलचेक्र्याइँ नगर्नुहोला। दाजुभाइ वा साथीहरूलाई सहयोग गर्नुहोला।
तुला– नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। बन्धु बान्धवबाट सहयोग पाइनेछ। सेयर बजारको कारोबारबाट राम्रै सफलता पाइनेछ। मध्य दिनपछि मनमा उत्साह र उमङ्गको कमी देखिनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला। दीर्घरोगीहरूले स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ। लक्ष्मी-नारायणको मन्दिर दर्शन वा पूजा गर्नु शुभ रहनेछ।
वृश्चिक– नयाँ कार्यको योजना बन्नेछ। मन प्रसन्न रहने र महत्त्वाकाङ्क्षा बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्लान्। साँझमा धन खर्च हुनेछ। नयाँ उद्योग वा रचनात्मक कार्यको योजना बन्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। अधिकारी वर्ग वा राज्य पक्षबाट भय हुन सक्छ। अस्पताल भर्ना हुनुपर्ने वा उपचारमा खर्च हुने योग छ। मावली पक्षका मान्यजनको आशीर्वाद लिनुहोला।
धनु– कार्यमा बाधा आउन सक्छ। व्यर्थको सास्ती पनि खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन र बजार घुम्ने अवसर मिल्नेछ। सेयर बजारले साथ दिनेछ र वैदेशिक कार्य पनि सहजै अघि बढ्नेछ। काम बिग्रने र अपजस आइलाग्ने सम्भावना छ। मानसिक उद्वेग र बेचैनी बढ्न सक्छ।
मकर– बोलीको कारणले कार्यक्षेत्रमा विवाद हुन सक्छ, संयम रहनुहोला। मानसिक उद्वेग र बेचैनी बढ्न सक्छ। कालो कुकुरलाई रोटि दिनु वा भैरवको दर्शन गर्नुहोला। दिउँसो नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ।
कुम्भ– बन्न लागेको काममा पनि सानातिना अवरोध आउन सक्छ। स्वास्थ्य स्थिति राम्रो रहनेछ, जोश र जाँगर बढ्नेछ। मान्यजन र गुरुहरूको सम्मान गर्नुहोला। मध्यान्हपछि बिग्रिएका काम बन्ने योग छ। संयमतापूर्वक गरेको कामबाट लाभ मिल्नेछ ।
मीन– नयाँ जिम्मेवारी पाइएला। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। शुभारम्भको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। धार्मिक यात्राको योग छ।तनाव कम गर्न योग र ध्यानको सहारा लिनुहोला। आफ्नो इष्टदेव वा कुलदेवताको स्मरण गरी दिनको प्रारम्भ गर्नुहोला।






