सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्ला । नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरी ब्यथाले छटपटाकी एक महिलाको उद्धार गरिएको छ । हुम्लाको मध्यभेगमा रहेको सर्केगाड गाउँपालिका–१, की १९ वर्षीया ललिता नेपालीलाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको हो ।

सोमबार साँझदेखि सुत्केरी ब्यथा लागेपछि हुम्लाबाट नेपालीलाई उपचारका लागि बाजुरा जिल्ला अस्पताल पु¥याइएको थियो । त्यहाँ पनि उपचार हुन नसकेर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला अस्पताल हुम्लाका अनमी सरिता बोहराले बताए ।

ललिताको गर्भमा दुई शिशु रहेकामा अवस्था जटिल देखिएपछि ९एनआइसियु० सेवा आवश्यक भएकाले बाजुरा जिल्ला अस्पतालबाट सुर्खेत पठाइएको बाजुराकी स्वास्थ्यकर्मी शान्ति कैलाले बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रिय महिला सशक्तीकरण परियोजना’अन्तर्गत ती महिलाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । 

मन्त्रालयले दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उपचारका लागि सेनासँगको समन्वयमा निःशुल्क हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ । समयमै उद्धार गरी प्रदेश अस्पताल पु¥याइएपछि ती महिलाको ज्यान जोखिममुक्त भएको र अहिले थप उपचार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  २२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update