रौतहट। रौतहटमा सोमबार साँझ आएको हावाहुरीका कारण भत्केको घरले थिचिँदा एक महिलाको मृत्यु भएको छ।
हुरीले भत्केको घरले थिचिँदा रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलकी ३५ वर्षीया फूलकुमारी देवीको मृत्यु भएको हो ।
फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए ।
हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले जानकारी दिए।
यसैबीच, जिल्ला प्रहरी कार्यालयले सोमबार विभिन्न मुद्दामा फरार रहेका १० व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३ ०८:१९
प्रतिक्रिया दिनुहोस्






