आजको माैसम : तराईमा तातो, पहाडका केही स्थानमा वर्षा

काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । 

जसका कारण मंगलबार साँझ काठमाडौँलगायत देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ । 

कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भूभाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा अपराह्नपछि हावाहुरीको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३  ०७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update