इनरुवामा ४८ दिने रेफ्रिजरेसन एण्ड एयर कन्डिसन टेक्निसियन तालिम हुने, आवेदन खुला

सुनसरी । इनरुवा नगरपालिकामा ४८ दिने रेफ्रिजरेसन एण्ड एयर कन्डिसन टेक्निसियन तालिम सञ्चालन हुने भएको छ।

चौधरी फाउण्डेसन नेपालको सहयोग र इनरुवा नगरपालिकाको सहकार्यमा फाउण्डेसनको नेपालमा व्यावसायिक सीपमुलक शिक्षा परियोजना अन्तर्गत यो तालिम आयोजना गर्न लागिएको हो।

नगरपालिकाले  एक सूचना जारी गर्दै इच्छुक नगरबासीहरूबाट आवेदन आह्वान गरेको छ। कुल २५ जनालाई प्रदान गरिने यस तालिमका लागि सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालयमा दरखास्त दिनुपर्नेछ।

तालिमका लागि इनरुवा नगरपालिकामा बसोवास गर्ने नागरिकहरू हुनुपर्नेछ । दलित, आदिवासी, तथा अन्य युवा वर्गलाई छनोटमा विशेष प्राथमिकता दिइनेछ।

सहभागीहरूको छनोट चौधरी फाउण्डेसन नेपालको सहभागी छनोट मापदण्ड बमोजिम गरिनेछ।

आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कक्षा ८ पास वा सो सरहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि  प्रतिलिपि बुझाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भास्कर दाहालले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, असार ३, २०८३  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update