काठमाडौँ । दोलखाको कालिञ्चोक गाउँपालिकाले सो गाउँपालिकाभित्र संघ र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा संचालन गर्ने योजनाहरुको सर्भे गर्ने भएको छ ।
गाउँपालिकाले असार ११ गतेदेखि असार १८ गतेसम्म सबै वडाको सर्भे गरिसक्ने समयतालिका निर्धारण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जय शिवाकोटीले जानकारी दिए ।
असार ११ गते वडा नं. ६ माको गैरी जर्नापाले सडक निर्माणको सर्भे हुनेछ । यस्तै १२ गते प्रताप स्मृति कलेज–नर्भी–थालरी क्याम्पस–चण्डीथान–पैयुँस्वारा–सँस्कृतग्राम सडकको सर्भे हुने गाउँपालिकाले जानकारी दिएको छ । यी सडकहरु गाउँपालिकाको वडा नं. ३ र ४ मा पर्छन् ।
असार १३ गते भने सोती साँधिखोला लेप्टुङ गुजर्पा सडकको सर्भे हुनेछ । यी सडक वडा नं. ६,७ र ८ मा पर्ने गाउँपालिकाले जानकारी दियो । यस्तै, असार १४ गते वडा नं. ३ को पोखरेको गाउँपालिकास्तरीय खेल मैदानको सर्भे हुनेछ ।
असार १५ गते वडा नं. ८ को सोति पाँडेखोला सुनकाखी सिंचाईको सर्भे हुनेछ भने असार १६ गते वडा नं. १ को यावलखोला धेपेनी सडकको सर्भे हुनेछ ।
प्रमुख प्रशासकीय अधिकृत शिवाकोटीले दिएको जानकारी अनुसार असार १७ गते वडा नं. ७ को गुमुखोला सिसागोलाई पोखरे सडक स्तरोन्ति र असार १८ गते वडा नं. ४ को पिखुती गुमु नर्मी पोखरे सिचाई योजनाको सर्भे हुनेछ ।





