काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयर र तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
अख्तियारले मेयर मेयर श्यामप्रसाद यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शुभाष कुमार ठाकुर तथा नगरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख बालकिशोर राय विरुद्ध मुद्दा दायर गरेको हो । यस्तै, भाग्यमणि कन्स्ट्रक्सन कम्पनी प्रालिका राधेश्याम शाहविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारले जानकारी दिएको छ ।
सर्तविपरित कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, सर्तविपरित बढी परिमाणको गिट्टी, बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुबाट जनही २ करोड ७५ लाख ६६ हजार बिगो तथा कैद सजाय माग गरिएको छ।





