Odapalika - The Fourth Estate - चौथो अंग
उच्च पहाडी क्षेत्रमा आजपनि हिमपातको जोखिम कायमै

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको उसको भनाइ छ । 

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा हुने विभागको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update