
काठमाडौँ । ललितपुरको भैंसेपाटीस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा विद्यार्थी मृत फेला परेका छन् । ललितपुर महानगरपालिका–२५ भैंसेपाटीस्थित डिएमआई वाइबल स्कुलको होस्टेल बसेर अध्ययन गर्ने २० वर्षीय सकुल मर्डी मृत फेला परेका हुन् ।
मोरङ घर भई उक्त होस्टेलमा बसेर अध्ययन गरिरहेका उनको शव आफ्नै बेडमा फेला परेको हो । उनको शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाएको प्रहरी घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १३:१०
प्रतिक्रिया दिनुहोस्