
काठमाडौँ । विगत एक हप्तादेखि निरन्तरको शीतलहरका कारण चिसो बढेपछि कञ्चनपुरका ३ वटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको ती नगरपालिकाको भनाइ छ ।
अन्य पालिकाले पनि बिदा दिने तयारी थालेका छन् । तर घोषणा भने गरको छैनन् ।
पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ ।