लेखा समिति सभापतिका पूर्वस्वकीय सचिव पोखरेल पक्राउ 
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ठगी आरोपमा पक्राउ परेका छन् ।
एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएर गठी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
केही दिनअघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापति ऋषिकेशले उनलाई स्वकीय सचिवबाट बर्खास्त गरेका थिए ।
मोरङ प्रहरीले उनविरुद्ध एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको अभियोग लगाउने तयारी गरेको छ । उनी नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत हुन् ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:४८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                        -1718098614.jpg) 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    