Odapalika - The Fourth Estate - चौथो अंग
यी दुई प्रदेशमा पानी पर्ने सम्भावना, हुस्सु र हिउँ पनि झेल्नुपर्ने 

काठमाडौँ । देशमा पश्चिमी वायुको प्रभाव आज पनि कायम हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार यी दुवै प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।

कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update