Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरपालिकाका मेयर बस्नेतले गरे पौने ९ करोड भ्रष्टाचार, अदालतमा मुद्दा दर्ता 

काठमाडौँ । नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा भ्रष्टाचार गरेको ठहर गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्र् िआर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरिउको हो । 

बस्नेत र उनका परिवारले जाँच अवधिमा कूल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आम्दानी बैध देखिदाँ २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको घिमिरेले जानकारी दिए ।

उनले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि नभएसँगै सोही रकम बराबरको बिगो र जरिमाना मागदाबी गर्दै मुद्दा दायर भएको हो । यसअघि उनीविरुद्ध  ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले मुद्दा चलाएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update