बालेनले भनेः प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई हाजिर गराउन सक्दिनँ, अर्कैलाई निमित्त तोकिदिनू 

काठमाडौँ । काठमाडौँ महानगरपाकिलाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई हाजिर गराउन नसक्ने भन्दै अर्केलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन भनेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई हाजिर गराउन सहजीकरण गर्न भन्दै पत्र पठाएकै दिन बालेनले उनलाई हाजिर गराउन नसक्ने निर्णय गर्दै कर्मचारीमार्फत अर्को व्यक्तिलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्न अनुरोध सहित मन्त्रालयमा पत्राचार गरेका छन् । 

यसरी निमित्त तोक्दा आर्थिक अधिकार समेत दिन उनले भनेका छन् । बालेनको निर्णयबारे जानकारी गराउन मन्त्रालयलाइृ पत्र लेख्दै महानगरकी बरिष्ठ शाखा अधिकृत शान्ता पहाडील काठमाडौँँ टावरको नक्सापासमा गुरागाईँको निर्णयमा मेयरले चित्ता नबुझाएका कारण काममा लगाउन नसकिने निर्णय भएको उल्लेख गरेकी छन् । 

यस्तो छ पत्र

482138113_2036502080205021_5901556252326311606_n-1741258041.jpg
 


 

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update