जिल्ला समन्वय समिति प्रमुख गौतम काठमाडौँबाट पक्राउ 
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । चेक अनादार गरी बैँकिङ कसुर गरेको अभियोगमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन् ।
उनी जिल्ला समन्वय समिति महासंघका उपमहासचिवसमेत रहेका उनलाई काठमाडौँबाट पक्राउ गरिएको बृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र गोदारले जानकारी दिएका छन् ।
गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी काठमाडौँमा ३ वटा र काभ्रमा ३ वटा जाहेरी परेको प्रहरीको भनाइ छ । उनी लामो समयदेखि चेक अनादारलगातका मुद्धामा फसेका छन् । कतिपय मुद्दाको फैसला भइसकेको छ भने कतिपय अझै पनि अदालतमा बिचाराधीन रहेको बताइएको छ ।
पछिल्लो पटक उनलाई कुन केसमा पक्राउ गरिएको हो भन्ने विषयमा भने प्रहरीले केही बताएको छैन । 
 
प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १३:११
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    