पानी पर्ने सम्भावना छैन, तापक्रम घट्ने सम्भावना छैन
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यसकाे प्रभाव ४ वटा प्रदेशमा बढी छ ।
विभागका अनुसार बिहान कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना भने देखिएको छ । देशका अधिकांश भागहरूमा तापक्रम वृद्धिको क्रम थप बढ्ने विभागको भनाइ छ ।
प्रिमनसुन भए पनि वर्षाको सम्भावना कम रहेकाले सुख्खापन, आगोलागी तथा वायु प्रदूषण बढ्ने खतरा भएकोले सतर्क रहन विभागको भनाइ छ ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०७:०५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    