
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहलाई फोहोर गरेको भन्दै राप्रपालाई जरिमानाको पत्र काटेर स्टण्ड नगर्न चेतावनी दिएका छन् ।
राप्रपा वागमती प्रदेश कमिटीको आयोजनामा भएको राजतन्त्र पक्षधर शक्तिहरुको प्रदर्शन तथा आमसभामा बोल्दै लिङदेनले फोहोर गरेको भन्दै पत्र काटेर जरिमाना तिराएको स्टण्ड नगर्न भनेका छन् ।
उनले राप्रापका कार्यकर्ताले आसभाको दौरानमा गरेको फाहोर आफैँ सफा गर्ने भन्दै जरिमानाको स्टण्ड नगर्न आग्रह गरे । राप्रपाले आज बल्खुमा आससभा गरेको छ । आमसभामा राप्रपाका अध्यक्ष लिङदेनसहित वरिष्ठ नेताहरुले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा नेताहरुले राजसंस्थासहित हिन्दुराष्ट्र कायम नगरेसम्म राप्रपाले आन्दोलन जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।
(शीर्षकमा मेयर बालेन हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ- सं.)