Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट हटाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । राज्यमन्त्री तामाङ नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा थिए भने मन्त्री दीपक खड्का र सचिवसँग उनको विवाद बढिरहेको थियो ।

प्रधानमन्त्री ओलीले उनलाई हटाएपछि गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update