
काठमाडौँ । १० वर्षअघि आजकै दिन विनाशकारी भूकम्प गएको मितिभन्दा ३ मिनेट अघि सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ ।
१० वर्षअघि वैशाख १२ मै गोरखाको बारपाक केन्द्रविन्दु भएर ११ बजेर ५६ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।
सो भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ८ हजार ५०ण् भन्दा बढी मानिसको ज्यान गएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १२:४३
प्रतिक्रिया दिनुहोस्