
काठमाडौँ । सिधुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध बलात्कार अभियोगमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित मेयरविरुद्ध एक महिलाले आफूमाथि बलात्कार भएको र सन्तान समेत जन्मिएको भन्दै जाहेरी दिएकी हुन् ।
छोरा बच्चाकी आमा ती महिलाको जाहेरी दर्ता भएको र कानून बमोजिम अनुसन्धान अघि बढेको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिएका छन् । यस विषयमा सम्पर्क गर्न खोज्दा मेयर अधिकारीसँग सम्पर्क हुन सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १८:१४
प्रतिक्रिया दिनुहोस्