Odapalika - The Fourth Estate - चौथो अंग
मौसमविद्को दाबीः आज दिनभर र देशभर पानी पर्छ 

काठमाडौँ । चर्को घाममा सेकिएका उपत्यकाबासीले हिजोबाट पानी परेसँगै राहत महसुस गरेका छन् । यो क्रम आज पनि जारी रहने बताइएको छ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालका पूर्वी भेगका केही ठाउँमा आज रातिदेखि नै पानी परिरहेको जनाएको छ । देशका धेरै ठाउँमा आज दिनभरजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण हिजोदेखि प्रिमनसुन फेरि सक्रिय छ । यसको प्रभाव भोलिसम्म रहने र पानी पर्ने महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update