
काठमाडौँ । भारतको जम्बु–कास्मीरको पहलगाममा मारिएका रुपन्देही युवा सुदीप न्यौपानेको न्यायको माग गर्दै सोमबार पनि प्रदर्शन भएको छ । काठमाडौंको चुनदेवी मन्दिरसँगै रहेको पाकिस्तानी दुतावास अगाडी नेपाली युवा समाजले प्रदर्शन गरेका हुन् ।
यसअघि भिविन्न संघसस्थाले शनिबार प्रदर्शन गर्दै पाकिस्तानी दुतावासमा ज्ञापनपत्र समेत बुझाएका थिए । पाकिस्तान संरक्षित आतंकबादी समूहले न्यौपानेको हत्या गरेको भन्दै दुतावास अगाडी प्रदर्शन हुन थालेको हो ।
बैशाख ९ मा आकंतबादी हमलामा न्यौपानेसहित २६ जनाको निर्मत तरिकाले हत्या गरिएको थियो । हमलाको जिम्मा भने द रेसिस्टेन्ट फ्रन्ट (टीआरएफ) ले लिएको छ । हमला लगत्तै पाकिस्तानी सैनिक अधिकारीले दिएको अभिव्यक्तिको समेत आलोचना भइरहेको छ । सरकारले पनि आतंकबादी हमला विरुद्ध भारतको साथ रहेने बताइसकेको छ ।