
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सर्वोच्च अदालतका कर्मचारीको प्रतिशोधपूर्ण पत्रका आधारमा थुनामा पुगेको खुलेको छ ।
रेशमलाई कारागार चलान गर्न भन्दै सर्वोच्च अदालतको लेटरहेडमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टले प्रतिषोधपूर्ण पत्र लेखेको खुलेको छ ।
आजै लेखिएको पत्रमा चौधरीलाई दिइएको आममाफी नमिलेको आदेश भएकाले उनलाई थुनामा पठाउनू भन्ने आशयको पत्र थियो । यही पत्रका आधारमा थुनामा पुगेका रेशम छुट्ने प्रक्रियामा छन् । प्रहरीले केहीबेरमै उनलाई थुनामुक्त गर्ने बताएको छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार पत्र लेख्ने विष्ट अदालतकै आग्रहमा प्रहरी नियन्त्रणमा छन् भने किन यस्तो पत्र लेखे भनेर छानविन हुँदैछ । पत्र लेखने विष्टले रिसको झ्वाँकमा पत्र लेखेको प्रारम्भिक बयान दिएका छन् ।