
काठमाडाैँ । नवप्रवर्तन साझेदारी कार्यक्रम संचालनका लागि आवेदन दिएका लुम्बिनी प्रदेशका ११ वटा स्थानीय तहमध्ये ७ वटा मात्र योजना संचालनका लागि छनौट भएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम अनुसार प्रदेशिक कार्यक्रम सहयोग इकाइको मूल्यांकनमा ७ वटा स्थानीय तह छनौटमा परेका हुन् ।
प्राविधिक मूल्यांकन समितिले गरेको मूल्यांकनअनुसार बर्दियाको ठाकुरवावा नगरपालिका दीगो विकास तथा हरित अर्थतन्त्र सम्बन्धी परियोजनाका लागि छनौट भएको छ ।
पाल्पाको तानसेन नगरपालिकाले उल्मशीलता र पर्यटन विकासका लागि सहयोग पाउने भएको छ भने रुपन्देहीको मायादेवी गाउँपालिकाले इगर्भनेन्स कार्यक्रमका लागि बजेट पाउने भएको छ ।
प्युठानको सरुमारानी नगरपालिकाले होमस्टे प्रवद्र्धन, नवलपरासी पश्चिमको रामग्राम नगरपालिकाले होमस्टे प्रवद्र्धन, गुल्मीको छत्रकोट गाउँपालिकाले सूचना प्रविधिमैत्री शिक्षा र रुपन्देहीको शुद्धोधन गाउँपालिकाले इसिफारिस प्रवद्र्धन कार्यक्रमका लागि बजेट पाउने भएका छन् ।
आवेदन दिएका कपिलवस्तुको मायादेवी गाउँपालिका, रोल्पाको सुनछहरी गाउँपालिका, प्युठानको मल्लरानी गाउँपालिका र कपिलवस्तुको यशोधरा गाउँपालिकाले पेश गरेका प्रस्ताव भने मूल्यांकन समितिबाट स्वीकृत नभएको मुख्यमन्त्री तथा मनित्रपरिषको कार्यालयले जनाएको छ ।