Odapalika - The Fourth Estate - चौथो अंग
गणितमार्फत रक्तप्रवाहको उपचार गर्ने छत्कुलीको नयाँ अध्ययन, मानव स्वास्थ्यमा हुनसक्छ कोशेढुंगा 

काठमाडौँ । गणितिज्ञ तथा उपप्राध्यापक केदारनाथ छत्कुलीले आफ्नो अध्ययनले नेपाली स्वास्थ्य क्षेत्रमा समेत धेरै सहयोग पुग्न सक्ने बताएका छन् । 

उनको अनुसन्धान इन्टरनेशनल कन्फरेन्स अफ म्याथमेटिक्स एन्ड एप्लिकेसन २०२४ मा उत्कृष्ट घोषित समेत भएको छ । 

उनले मानव नसाको व्यास तथा यसमा हुने समस्याका कारण रक्तप्रवाहमा हुने समस्याको मात्राबारे अध्ययन गरेका थिए । समयमा उनको अनुसन्धानको मौखिक प्रस्तुति भएको थियो । जुन उत्कृष्ट भएको थियो ।  मूल्यांकन समितिमा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयसहित अमेरिकाका प्राध्यापकहरु संलग्न थिए  । 

सोही प्रस्तुति जर्नल अफ नेपाल म्याथमेटिकल सोसाइटीमा प्रकाशित भएको थियो । उनको अनुसन्धानले रक्तसञ्चारसँग सम्बन्धित समस्याको समाधानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अहिले गैरसङ्क्रामक रोगमा मुटुरोगको समस्या सबै भन्दा धेरै छ । उपचार पद्धतिमा रोगको मात्रा मापनका लागि आफ्नो अध्ययन महत्ववपूर्ण हुने उनको अपेक्षा छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update