Odapalika - The Fourth Estate - चौथो अंग
नेपालका ५० स्थानीय तहमा जम्मा ७ प्रकारका खनिज पदार्थ ! सिमेण्ट उद्योगमात्रै ३१ स्थानमा

काठमाडौँ । देशका ५० वटा स्थानीय तहमा खनिज उद्योग र खनिज पदार्थ उत्खनन भइरहेकामा ३१ वटा त सिमेन्ट उद्योगमात्रै देखिएको छ । 

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगको तथ्यांकअनुसार देशका ७५३ स्थानीय तहमध्ये खनिज पदार्थमा आधारित ५० वटा उद्योगहरु छन् । 

आयोगले प्राकृतिक श्रोतअन्तरगत खानी तथा खनिज पदार्थबाट बाट प्राप्त  रोयल्टीको सिहस्सा बाँडफाँडका क्रममा उल्लेख गरेको तथ्यांक अनुसार सबैभन्दा खनिजमा आधारित सबैभन्दा बढी सिमेन्ट उद्योग रहेको देखिएको हो । 

नेपालमा खनिज पदार्थका रुपमा चुनढुंगा, डोलोमाइट क्वारजाइट, खरी, पथ्थर कोइला, कायनाइट र स्लाबस्टोन गरी ७ प्रकारका खनिज मात्र उत्खनन भइरहेका छन् । यी मध्येमा पनि सबैभन्दा वढी चुनढुंगाको उत्खनन् भइरहेको छ । 

हेर्नुहोस् खनिज पदार्थ र खनिजमा आधारित कम्पनी 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update