Odapalika - The Fourth Estate - चौथो अंग
गृहमन्त्री लेखकको राजीनामा माग्दै विपक्षीले गरे सांसद अवरुद्ध 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागनम कार्यालयबाट हुने भिजिट भिषा सेटिङमा  जोडिएको भन्दै माओवादीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले गृहमन्त्री लेखकको राजीनामा मागेका हुन्  । 

उनले राजिनामा दिएर मार्गप्रसस्त गर्न लेखकलाई आग्रह गरेका छन् । प्रतिदिन ५० लाखदेखि ३ करोड रुपैयाँ सम्म उठाइएको र ४ सय करोड रुपैयाँसम्म भ्रष्टाचार भएको हुनसक्ने अनुमान माओवादीको छ । 

संसदमा बोल्दै लेखककै आग्रहमा अध्यागमनका कर्मचारी पठाइएको पुनको आरोप छ । 

माओवादीले लेखकको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने भन्दै अवरोध समेत गरेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update