
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले आज विशेष अदालतमा एकजना पूर्वमुख्यसचिव,नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध टेलिकममा भएको भ्रष्टाचारमा मुद्दा दायर गरको हो । अख्तियारका अनुसार मुद्दामा पूर्वमुख्यसचिवलाई पनि विपक्षी बनाइएको छ । तर विशेष अदालतले भने मुद्दा दर्ता प्रक्रिया पुरा भइनसकेको भन्दै कसकसलाई विपक्षी बनाइएको छ भनने विषयमा दर्ता सम्पन्न भएपछि मात्र बताउन सक्ने भनेको छ ।
टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले १८ जनालाई प्रतिवादी बनाएको छ । टेलिकमबाट प्रतिस्पर्धा विना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेर मुद्दा चलाएको हो ।
२०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले ५ वर्षमा ३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी पाउने गरी भएको सम्झौतामा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।