
काठमाडौँ । लामो समयदेखि अवरुद्ध संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठक आजवाट जर्वजस्त संचालन भएको छ ।
संसदमा रास्वपा र राप्रपाको विवादबीच प्रमुख प्रतिपक्षी दलले सत्ता पक्षलाई सहयोग गरेपछि सभामुखले नारावाजी र होहल्लाबीच संसद बैठक अघि वढाएका छन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने र संसदीय छानाविन समिति बनाउनुपर्ने अडानबाट प्रमुख प्रतिपक्षी माओवादी केन्द्र पछि हटेपछि संसद बैठक होहल्लाका बीच सुरु भएको हो ।
बैठक सुरु अघि एमाले र माओवादीका सचेतकबीच २ बुँदे सहमति भएको थियो । सहमतिमा भिजिट भिसा प्रकरणमा अनुसन्धान गरिरहेको अख्तियारलाई सरकारले सघाउने र आगामी दिनमा छानविनको लागि सरकारले प्रतिवद्धता जनाउने सहमति भएपछि बैठक चलेको हो ।
बैठकमा हाल गृहमन्त्री रवि लामिछानेले भिजिट भिसा प्रकरणमा भएको के हो भनेर रोष्ट्रममा उभिएर स्पष्टीरकण दिइरहेका छन् ।