
काठमाडौँ । लामो माथापच्छीपछि चलेको संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठकमा आज रामाइलो दृष्य जारी छ ।
भिजिट भिसा प्रकरणमा सन्तुष्ट बनेर सभाको बेञ्चमा फर्किएको माओवादीसँगै सत्ता पक्षका अधिकांश सांसद बेञ्चमै छन् । सभामुखले विशेष समय सकेर अहिले कार्यसूचीमा प्रवेश गरेर बैठक चलाइरहेका छन् ।
तर सत्ता पक्षको अर्थात नेपाली कांग्रेसका एकजना सांसद राजेन्द्र बजगाईँ भने दर्शक दीर्घामा ठिङ्ग उभिए । गोरखाका सांसद वजगाइँले जिललामा बजेट कम भएको भन्दै जिल्लावासीलाई बोलाएर दर्शक दीर्घामा केहीबेर उभिए, त्यसपछि संसदको बेञ्चमा गएर बसिररहेका छन् ।
उता रास्वपा भने गृहमन्त्रीको राजिनामा माग्दै रास्वपाका सांसदहरु भने वेल घेराउ गरिरहेका छन् । उनहिरु कोही बसेर र कोही उठेरै विरोध गरिरहेका छन् ।
उपा राप्रपाका सांसदहरु भने बैठक बहिष्कार गरेर बैठकस्थलबाट बाहिरिएका छन् । माओवादी र नेकपा एकीकृत समाजवादीलगायतका अन्य प्रतिपक्षी दलभने वेञ्चमा चुपचाप यी दृष्य हेरेर रमाइलो मान्दै बसिरहेका छन् । यसरी नै चलिरहेको छ संसद बैठक