
काठमाडौं । संघीय सरकारले स्थानीय तह तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली परिवर्तन गर्न लागेको छ । अहिले संचालनमा रहेका मूल्यांकन तथा स्वमूल्यांकन प्रणालीका केही व्यवस्था परिमार्जन तथा एकीकरण गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको हो ।
प्रणाली परिमार्जन गरेर स्थानीय शासन कार्यसम्पादन मूल्यांकन (व्यवस्थापन तथा संचालन) कार्यविधि २०८२ तयार पारिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।
‘हाल अभ्यासमा रहेका स्थानीय तहको संस्थागत क्षमता स्व/मूल्यांकन प्रणाली (लिजा, एआरए, एलइडी) को एकीकरण तथा परिमार्जनका लागि तयार भएको स्थानीय शासन कार्यसम्पादन मूल्यांकन ( व्यवस्थापन तथा संचालन) कार्यविधि २०८२ र सम्बन्धित मूल्यांकन सूचकको अन्तिम मस्यौदा उपर तीन (३) दिन भित्र अन्तिम सुझाव तथा पृष्ठषेष हार्डकपित वा यस शाखाको इमेलमा उपलब्ध गराइदिनहुन निर्णय अनुसार अुनरोध छ,’ मन्त्रालयको स्थानीय तह समन्वय शाखाले लेखेको पत्रमा उल्लेख छ ।
यस्ताे छ मस्याैदा