
काठमाडौँ । कार्टुन एनिमेसनलाई प्रयोग गर्दै पुतली बनाउने विषयमा ओम शिवांश ट्रेडिङ लिमिटेड र पुपिटिर लन्चका बिच बुधबार सम्झौता भएको छ ।
शिवांशले सो ‘डल’को अनुमत पाएपछि यसको उत्पादन गर्ने छ । कम्पनीको सुरुवात लागत एक करोड रुपैया रहेको छ भने ४ वटा आउट लेट रहने छ । पुपिटिरले एनिमेसन गरेको डिजाइनलाई प्रयोग गर्दै शिबांशले उत्पादन गर्ने छ ।
यसको पहिलो आउटलेट लाजिम्पाटमा स्थापना हुनेछ । बुधबार पुपिटिरका तर्फबाट कार्यकारी प्रमुख सुचन राज बज्राचार्य तथा ओम शिवांशको तर्फबाट राजिव मर्हजनले हस्ताक्षर गरे । कार्यक्रममा ओम शिवांशका प्रवन्ध निर्देशक सिताराम हुमागाई तथा शोभा श्रेष्ठको समेत उपस्थिति थियो ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०८२ १७:४१
प्रतिक्रिया दिनुहोस्