
काठमाडौँ । अहिले देशभरका स्थानीय तहहरु तामाङ भाषामा पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने गृहकार्यमा छन् ।
पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउँदा राष्ट्रिय अभिलेखालयमा सूचिकृत भएका लिपिमा मात्र पाठ्याक्रम निर्माण तथा पाठ्यपुस्तक प्रकाशन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रले नेपाल तामाङ भाषा सम्भोटा लिपिमा पाठ्यक्रम तयार पार्न भनेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय अभिलेखालयमा रहेको नेपाल तामाङ भाषा सम्भोटा लिपिको नमुना नै दिएर प्रदेश तथा स्थानीय तहहरुलाई पत्राचार गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो ।
शिक्षा मन्त्रालयले गरेको अनुरोध अनुसार मन्त्रालयले सबै प्रदेश र स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
यस्तो छ नेपाल तामाङ भाषा सम्भोटा लिपि