
अर्घाखाँची । अर्घाखाँचीमा बालीनालीको रेखदेख गर्न डिभिजन वन कार्यालयले बाँदर र बँदेल हेरालु नियुक्त गरेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी छनोट भएका २० जना व्यक्तिहरूको नामावली सार्वजनिक गर्दै सम्झौताका लागि आह्वान गरेको छ।
सूचनाअनुसार किसानको खेती बाली सुरक्षित गर्न तथा मानव–वन्यजन्तुबिचको द्वन्द्व घटाएर सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको जनाएको छ ।
डिभिजन वन कार्यालय अन्तर्गतका वन व्यवस्थापन कार्यमा सक्रिय रहेका र समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको संयुक्त सहकार्यमा कार्यालयबाट प्रकाशित सूचना अवधिमा प्राप्त आवेदनबाट तपसिलमा बाँदर र बँदेल हेरालु छनोट गरिएको जनाएको छ ।