
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुमा पत्र लेख्दै गत आर्थिक वर्षमा सम्पादन गरेका असल अभ्यास सम्वन्धी विवरण पेश गर्न भनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८१/०८२ मा सबै स्थानीय तहमा उसका असल अभ्यासबारे अन्तरकृया गर्दै पालिकाभित्र भएका राम्रा काममको अभिलेखीकरण र निरन्तरताका लागि प्रोत्साहन गरेको थियो ।
मन्त्रालयले यसवर्ष पनि ती कार्यक्रमलाई निरन्तरता दिने भन्दै गत वर्ष भएका राम्रा र असल अभ्यासबारे जानकारी गराउन भनेको हो । मन्त्रालयले यसका लागि सबै स्थानीय तहलाई एकैखालको ढाँचा उपलव्ध गराएर जिल्ला समन्वय समितिमार्फत मन्त्रालयमा विवरण पठाउन भनेको हो ।
मन्त्रालयले यसको ढाँचा मन्त्रालयको वेवसाइटमा राखिसकेको बताउँदै भदौ अन्तिमभित्रमा यस्तो विवरण दिन भनेको हो ।