Odapalika - The Fourth Estate - चौथो अंग
वान्टमवेट च्याम्पियनसिप बिजेता रविन्द्र ढाँटलाई गाउँपालिकाको १ लाख पुरस्कार 

काठमाडाैँ । अछामको दुर्गाथली गाउँपालिकाले वान्टमवेट च्याम्पियनसिप बिजेता रविन्द्र ढाँटलाई १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

भारतको नोयडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट–१७ मा भारतीय खेलाडी चुनरेङ कोरेनलाई पराजित गर्दै च्याम्पियन बनेका थिए । 

गाउँपालिका अध्यक्ष दिलबहादुर थापाका अनुसार बाझाङगी बाघ उपनामले चिनिने ढाँटको आगामी खेल यात्रा थप शसक्त बनाउन पालिकाले पुरस्कार घोषणा गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update