Odapalika - The Fourth Estate - चौथो अंग
जनमतले उपाध्यक्ष साहलाई पार्टीबाट हटायो

काठमाडौं । जनमत पार्टीले दीपककुमार साहलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

केन्द्रीय अनुशासन समितिका संयोजक तथा उपाध्यक्ष इन्जिनियर नरेन्द्रप्रसाद चौधरी र केन्द्रीय सचिव अनिता कुमारी मण्डलले संयुक्तरूपमा हस्ताक्षर गरी पठाएको पत्रमा पार्टीबाट निष्कासन गरिएको उल्लेख छ ।

“...जनमत पार्टीको विधान २०७५ को धारा ३९ (क) को उपधारा १, ३, ४, ५, ६, ७, ९, १०, १२, १५ उल्लङ्घन गरेको देखिएकोले तपाईंलाई जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको जानकारी गराउँदछौँ,” पत्रमा भनिएको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन उल्लंघनको गतिविधि कायम राखेको भन्दै उनलाई ६ महिनाका लागि पार्टीको सम्पूर्ण पदबाट निलम्बन गरिएको थियो । साह पार्टीको उपाध्यक्ष थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update