Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धबाबास्थित सिद्धार्थ राजमार्गमा पहिरो, सवारी आवागमन ठप्प

काठमाडौं । पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । 

आज बिहान ४ : ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । 

सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update