
काठमाडौं । धादिङमा गजुरीस्थित पृथ्वीलोकमार्ग अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ जहरेखेतस्थित पृथ्वीलोकमार्ग अवरुद्ध भएको हो ।
आज बिहान ६ : १० बजे सडक माथिबाट रुखसहित पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
दैलेख आठबिस नगरपालिका–४ खिड्कीज्युलानजिकै कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ ।
बिहान ६ : ४० बजे सडक माथिबाट पहिरो आउँला सडक पुरिएको प्रहरीले जनाएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित रुद्रवेणी–वामी सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ६ बजे डहरेखोलाको पानीको बहाव बढी रुद्रवेणी–वामी सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ ०८:१०
प्रतिक्रिया दिनुहोस्