Odapalika - The Fourth Estate - चौथो अंग

बाजुरा । बाजुराको बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी फर्कने क्रममा भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीले जानकारी दिए ।

हवारीका अनुसार, बडीमालिका दर्शन गरेर बिहीबार (साउन २२) साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानीनजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् । खोल्सामा अड्किएको शव झिक्न नसकिएको उनले बताए ।

लगातार वर्षा भइरहेकाले शवलाई खोल्साबाट माथि ल्याउन समस्या भएको छ । उद्धारका निम्ति नेपाली सेनाको हेलिकोप्टर ल्याउने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update