Odapalika - The Fourth Estate - चौथो अंग
सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खोलियो

सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । 

सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेन्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए । 

सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ ।  खतराको संकेतस्वरुप रातो बत्ती बालिएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update